हिमाल दैनिक
राजनीतिक आग्रह/पूर्वाग्रह भन्दामाथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री
Pro_Ktm_pm_dauba1
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह÷पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्। शुक्रवार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको बताउँदै गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको बताए। उनले भने, ‘ विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन्। तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन। राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ।’ देशको विकासको लागि नेपाल सरकार सदैव प्रतिवद्ध रहेको बताउँदै यसका लागि गुणस्तरीय शिक्षा जरुरी भएको बताए। उनले भने, ‘गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष हो। शंकरदेव क्याम्सको लागि ठाउँको कमी छ, जग्गा चाहियो भन्ने करा उठाउनु भयो। यो जायज कुरा हो। समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रीपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु। ’ प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए।  
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update