हिमाल दैनिक
रणवीर सिंहको फिल्म सर्कसको गीतलाई चोरीको आरोप
ranvir-singh-deepika-padukone-circus-alluarjun
बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म 'सर्कस' यही डिसेम्बर २३ मा रिलिज हुँदैछ । सर्कस फिल्मको 'करेन्ट लगा' बोलको गीतमा बलिउडका जोडी रणवीर सिंह र दिपिका पादुकोणको डान्स मुब्स देखिएको छ । तर, अहिले यो गीत विवादमा तानिएको छ । यस गीतलाई अहिले चोरीको आरोप लागेको छ । https://www.youtube.com/watch?v=df3Id8Kuf-w करेन्ट लगा गीत रिलिज भएपछि नै दर्शकहरुले सर्कस फिल्मलाई सामाजिक संजालमा ट्रोल गरेका छन् । यस गीतमा रहेको ब्याकग्राउण्ड धुन अल्लु अर्जुनको ब्लकबस्टर गीत संग मिल्दोजुल्दो छ । यो धुन अल्लु अर्जुनको फिल्म सराइनाडुको ब्लकबस्टर गीतको हो । धुन चोरी गरेको आरोपमा अहिले सामाजिक संजालमा सर्कस फिल्मका निर्माणपक्ष र कलाकारहरुलाई ट्रोल गरिएको छ । https://www.youtube.com/watch?v=FmjJ-e5uGuY सर्कस फिल्म २३ डिसेम्बरमा रिलिज हुँदैछ । रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्म शेक्सपियरको चर्चित नाटक 'द कमेडी अद एरर्स' बाट पेरित छ । यस फिल्ममा रणवीरसंग जैकलीन फ़र्नाण्डस, पुजा हेग्डे मुख्य भूमिकामा देखिने छन् भने अजय देवगन यसमा कैमियो गर्दैछन् । https://www.youtube.com/watch?v=EkzD0d0yFdM  
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update