हिमाल दैनिक
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको थियो । भेटमामन्त्री रिजालले नेपालको विकासलगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउनुभयो ।

आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूतको पूर्णसहयोगको अपेक्षा गरेको जनाउँदै मन्त्री रिजालले लगानीको वातावरण बनाउन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।
 
भेटमा  अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताउनुभयो । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै उहाँले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वाससमेत दिलाउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update