हिमाल दैनिक
संसदीय नियमावली कार्यान्वयनमा जानुअघि नै निलम्बनमा पर्यो

संघीय संसदले झण्डै पाँच महिना समय विताएर तयार पारेको नियमावली कार्यान्वयनको सुरुमै नियम निलम्बनको अभ्यास सुरु भएको छ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा सभामुखले पूर्वनिर्धारित कार्यक्रम अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिपनि नियमावलीको प्रावधान निलम्बन गर्न सदनसमक्ष प्रस्ताव राखे।

सभामुख देवराज घिमिरेले नियमावलीको नियम ९ मा उल्लेखित व्यवस्था अनुसार एक दिनमा बढीमा १५ जना सदस्यले प्रश्न सोध्न सक्ने भनिएपनि आजको बैठकमा उक्त नियम कार्यान्वयन गर्न सम्भव नभएको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई उक्त प्रस्ताव सदन समक्ष राख्न समय दिए।

लेखकले नियमावलीको नियम १५ आज एकदिनका लागि मात्रै निलम्बन गर्न प्रस्ताव राखेपछि सदनले उक्त प्रस्ताव अनुमोदन गर्यो।

त्यसपछि सांसदहरुको प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री दाहालले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले राखेको पहिलो प्रश्नको जवाफ दिनअघि नियमावलीको कार्यान्वयनको सुरुवातमै नियमावली निलम्बन गर्नु पर्ने अवस्था आएकोमा अलि नमिठो अनुभूति भएको प्रतिक्रिया दिएका थिए।

त्यसपछि सभामुखले सांसदहरुलाई आजको बैठकमा पहिलो १ घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको समय रहेको जानकारी दिए।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update