हिमाल दैनिक
नक्कली शरणार्थी प्रकरणबारे ओलीले भनेः आगो छोप्न सकिएला, धुँवा छोप्न सकिन्न
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठररासस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणाार्थी प्रकरणमा निर्दोषलाई फँसाउने र दोषीलाई उम्काउने षडयन्त्रमा लागिरहेको भन्दै यसमा सरकार र राजनीतिक नेतृत्वले हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

सरकारको आगामी आर्थिक वर्षका लागि संसद पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले गत पुसमा राप्रपा, रास्वपा, जसपा लगायतका दल मिलाएर सरकार गठन गर्न मद्दत गरेपनि उनले दुई महिना नहुँदै मुट प्रत्यारोपण गर्ने कार्यमा लागेजस्तो गरी सरकारको तालमेल बदलेको आरोप लगाए।

लामो समय लगाएर विगतमा आफूले अघि सारेका कामको चर्चा र बचाउमा लामो समय खर्चिएका ओलीले आफूले केही दिनअघि भुटानी शरणार्थीको विषयमा उब्जिएको मुद्दाबारे जेठ ४ गते बोल्छु भनेको विषयमा सदनमा प्रश्न उठेकोमा आपत्ति प्रकट गरे।

उनले भने, ‘भुटानी शरणार्थीको विषयमा मैले चार गते आफ्नो कुरा राख्छु भनेको कुरा आज पनि आयो। चार गते आफैँ अस्वस्थ भएको कारण आउन सकिन। आज बोल्दा अलि समय लाग्ने हुँदा आज डिटेलमा जान चाहन्न।’

उनले सन ०८९÷९० तिर भुटानी नागरिक मेरो जिल्लाका खोला नदि किनारको सार्वजनिक खाली स्थानमा टहरो हालेर बसेको र उनीहरुको क्पाम्प बनाएर राखिएको बताए।

त्यसपछि भुटानसँग वार्ता भएको उल्लेख गर्दै तत्कालिन समयमा पहिलोदेखि चौथो चरणको वार्ता तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाले गर्दा चौथो राउण्डको वार्ता विथोेलिएको बताए।

त्यसपछि आफू गृहमन्त्री भएपछि ५ र ६ राउण्डको वार्ता भएकोमा भुटानले भुटानी शरणार्थी भनेर सुन्नै नचाहेको बताए।

उनले भने, ‘उसले समस्या समाधान गर्ने कुरै भएन। त्यसपछि १५औं राउण्डसम्मका वार्ता भए के प्रगति भयो मलाई जानकारी भएन। ०६ मा उपप्रधानमन्त्री हुँदा वार्तामा के गर्ने भन्ने भन्दा पनि अलमल्याउने मात्रै ध्याउन्न रह्यो।

मलेसियामा सम्पन्न असंलग्न राष्ट्रको सम्मेलनदेखि ढाकाको सार्क शिखर सम्मेलनका क्रममा पनि अनौपचारिक वार्ता गर्दा पनि भुटानले वार्ताको नाममा राउण्ड बढाउने बाहेक केही भएन।

मैले सन ०६ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा यो समस्याबारे उठाए। त्यसअघि १९ तारिखमा जर्ज बुससँग कुरा गरी एक लाख बढी भुटानी सशरणार्थीको पुनस्थापनाको आग्रह गरेको थिएँ। मैले विदेशमन्त्री कोण्डालिजा राइससँगको भेटमा कुरा गर्ने तयारीमा बुसले विदेशमन्त्रीसँग कुरा गर्न भनेपछि कुरा गरे। निश्कर्षमा सकारात्मक रुपमा पहिलो लटमा ६० हजार अमेरिकाले स्वीकार गर्ने कुरा आएपछि मैले अमेरिकी सरकार, राष्ट्रपति, विदेशमन्त्रीलाई धन्यवाद दिए।

बाँकी अरु देशमा सहयोगका लागि आग्रह गरे। भुटानी शरणार्थीको पुनस्थापना गर्न यत्रो पहल गरेकोमा अहिले केही केहीले ओलीकै पालामा भएको भन्दै छन् बुद्धिको भाँडो। ०८ देखि सुरु भएर एक लाख पुगेको दिन होटल सांग्रिलाको एउटा अन्तराष्टिय कार्यक्रममा बाँकी केही हजारको कसरी समाधान गर्ने भनि सोधेका थिए।

मैले पहिलो, उनीहरु आफ्नो देश फर्किन पाउनु पर्छ। यसका लागि तपाइहरुको दबाब आवश्यक छ भनेको थिएँ। त्यसपछि पनि नभए तेस्रो मुलुकमा पुनस्थपाना गरी समाधान खोज्ने। त्यति हुँदा पनि केही व्यक्ति बाँकी रहे उनीहरुलाई नेपालले नै एकोमोडेट गर्नुपर्छ भनि मैले त्यसकार्यक्रममा राखेको थिएँ।

त्यसपछि यो शिलशिला एकढंगले टुंगिएपछि ०१२ मा फेरि सेकेण्ड भेरिफिकेशन सुरु भयो। त्यतिबेला केही मानिसहरु छिरेको मैले सुनेको छु, यसबारे अनुसन्धान गर्नु पर्यो।

अहिले सरकारले बाघ मारेको जस्तो उधुम मच्चाउन जरुरी छैन। यो काण्डको जेठ ३० एक वर्ष अघि नै उजुरी परेको र मान्छे गिरफ्तार गरिएको रहेछ भने किन सरकारमा भएकाले छाडियो? १०७४ भुटानी गएल भएकोमा ९ सय ७५ जना छिराइएको रहेछ।

११३३०७ जना पुनस्थापना भएका ६ हजार ७ सय बाँकी छन् भने ४२९ को कार्ड बनेको छ। मेरो कार्यकालमा केही पनि गएको छैन। मेरो समयमा समिति बनेको रहेछ, त्यसले प्रतिवेदन दिएपनि मलाई पिङ खेलाएको खेलाएै थिए त्यही भएर मैले केही हेर्न भ्याइन र केही गरिन। त्यसपछि सरकारले फिर्ता पठाएको रहेछ। त्यो ४२९ जना ओरिजिनल भुटानीको सूचिमा परिवर्तन गरिएछ।

एमालेको नाम लिन र केपी ओलीलाई गाली गर्न रहर लागेछ भने पनि पार लाग्दैन। म चुनौतीका साथ भन्छु, म गृह, परराष्ट्र मन्त्रीदेखि प्रधानमन्त्री भएँ छानविन होेस् यसमा दोषी उम्काउने, निर्दोेष फसाउने आगो छाप्न सकिन्छ, धुवा छोप्न सकिन्न। ९७५ सँग पैसा लिइएको छ। निर्दोष कोही नफसोस दोेषी नउम्कियोस्।

तीन नेता पटक पटक भेट्दा सन्देश भयो, संसद पटक पटक बस्दा, मन्त्रिपरिषद पटक पटक बस्दा सन्देश भयो? संसद चलाउने, कानून बनाउने र जटिलता प्रक्रियाबारे छलफल हुँदैन? अन्य दुई नेता दूधले नुहाएका म म्याउम्याउ गरेको? ओली बाघले जस्तो भोकै मर्ला तर घाँस खाँदैन।

फेरि पनि भन्छु, दोषी उम्काउने र निर्दोष फासउने षडयन्त्र हुँदैछ। सरकार र मन्त्रिपरिषदले यो छानविनमा हस्तक्षेप नगरी प्रहरीलाई निश्पक्ष छानविन गर्न अनुसन्धान गर्न दिउँ। गत वर्ष पक्राउ परेकालाई दबाब नदिई छाडिन्छ?

अरु सबै भ्रष्टाचारका के के विषयमा छानविन हुन्छ, त्यसमा एमाले हण्ड्रेड प्रसेन्ट साथ दिन तयार छ।

अहिले वयानका सवालमा एमाले कसरी विगतमा सरकार हुँदा वा नहुँदाका सबै कुरा देखेका छौँ। गल्ती नगर्नेलाई होइन, गल्ती गर्नेलाई कारबाही होस्।

 

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update