हिमाल दैनिक
लक्ष्य र गन्तव्यहिन नीति तथा कार्यक्रमलाई छक्का हानेर रिङआउट गरिदिउँः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रम कुनै लक्ष्य र गन्तव्यविनाको दस्तावेज रहेको आरोप लगाउँदै स्पष्ट लक्ष्य र गन्तव्यसहितको नेतृत्व आफ्नै पार्टीले लिएर आउने घोषणा गरे।

सरकारले गत शुक्रबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि झण्डै २ घण्टा समय लिएर विरोध गर्दै उनले वर्तमान गठबन्धन सरकारको विकल्पको रुपमा आफू पुनः फर्किने सन्देश दिए।

उनले देशलाई समस्याबाट पार लगाउने कुनै सोच नभएको पोथामाथि छलफलको औचित्य नै नभएको भन्दै यसलाई फिर्ता लिएर अर्को बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए।

साथै उनले यो नीति तथा कार्यक्रमले पार स्वदेश र विदेशमा पार नलाग्ने भन्दै देशलाई सफल बाटोमा अघि बढाउन नेकपा एमाले आउने भन्दै उनले सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिएर अर्को बनाएवापत राजनीतिक मुद्दा नबनाउने बताए।

उनले उक्त नीति तथा कार्यक्रमले एक वर्षको कार्यक्रम समेत नभएको भन्दै यसलाई सत्ता र विपक्षमा बसेका सबै सदस्यहरुले छक्का हनेर रिङआउट गरिदिन आग्रह गरे।

साथै उनले नेपाली कांग्रेसलाई पाँच÷छ वटा मन्त्री पाए हुन्छ भनि प्रश्न गर्दै यस्तो गन्तव्य र दिशाहिन दस्तावेज पारित नगरी नीति तथा कार्यक्रम फेल गराउन आग्रह गरे।    

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update