हिमाल दैनिक
मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल समाप्त, मन्त्रीहरुको जवाफ सुरु

आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट अन्तरगत सरकारले पेश गरेको मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल सकिएको छ।

आइतबार बिहान १० बजेपछि बेसको प्रतिनिधि सभाको बैठकमा उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटमाथिको सामान्य छलफल सकिएलगत्तै अपरान्ह सभामुख देवराज घिमिरेले मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल सकिएको जानकारी दिए।

त्यसलगत्तै सभामुख घिमिरेले यसअघिका बैठकमा विभिन्न मन्त्रालयको बजेट विनियोजनमाथि परेका संशोधन तथा खर्च कटौतीका प्रस्तावक लगायत सत्ता र विपक्षी दलका सांसदहरुले उठाएका प्रश्नहरुमाथि आजैको बैठकबाट संबन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु गरे।

यसको प्रारम्भमा गृहमन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनको नेतृत्वमा रहेको गृहमन्त्रालयको सवालमा उठेका प्रश्नहरुको जवाफ दिन समय दिए।

अहिले गृहमन्त्री श्रेष्ठले मन्त्रालयगत विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update