हिमाल दैनिक
इजरायल घटनालाई सरकारले गम्भीरताकासाथ लिएको छः परराष्ट्र मन्त्री साउद

सरकारले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुनसक्ने बताए।

दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएको मन्त्री साउदको भनाइ छ। उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीको अध्यक्षतमा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको जानकारी दिए।

संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थीतिको समग्र मुल्याङ्कन गरेर आवश्यक कार्य गरेको उनले बताए।
उनले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिएको उल्लेख गरे।

नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको उनले बताए।

इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरमा रहेका छन् भने २६५ विद्यार्थीहरु अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

FM Saud1696752005.jpg

FM Saud11696752002.jpg

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update