हिमाल दैनिक
गुल्शन र कप्तान पौडेल कीर्तिपुरमा चम्किएः ओमनविरुद्धको फाइनल खेलमा नेपालले दियो १८५ को विशाल लक्ष्य

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालले ओमनलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।

का  गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु भएको खेलमा टस जितेर नेपालले पहिले व्याटिङ गर्ने निर्णय गरेको थियो।
नेपालका लागि गुल्शन झा र कप्तान रोहित पौडेलको अर्धशतकले नेपाल चिरप्रतिद्वन्द्दी ओमनविरुद्ध १८४ रन बनाउन सफल भए।
 
ओपनर व्याटर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ६ रन बनाउँदै आउट भए। शेखपछि सन्दिप झोरा पनि १० रन बनाउँदै पेभिलियनको बाटो लिए। तेस्रो विकेटका लागि कुशल भुर्तेलले २२ बलको सामना गर्दै ३१ रनको पारी खेल भने ९.६ ओभरमा यसअघिका खेलमा जस्तै चम्किने आशा गरिएका कुशल मल्ल पनि ३ रन बनाउँदै आउट भए।
तर, क्रिजमा रहेका कप्तान रोहित पौडेल र गुल्शन झाको जोडिले ६० रनको स्थितिमा ४ विकेट गुमाएको नेपाली टिमलाई कुशलतापूर्वक अघि बढाए।
नेपालको रनरेटलाई अनपेक्षित रुपमा झाले २५ बलको सामना गर्दै ५ चौका र ४ छक्का हान्दै ५४ रनको योगदान दिए।
त्यसपछि कप्तान पौडेललाई साथ दिन आएका विवेक यादवले पनि १ रन भन्दा बनाउन सकेनन्। १५२ रनको स्थितिमा ६ विकेट गुमाएको नेपालका लागि कप्तान पौडेललाई साथ दिन मैदानमा उत्रिएका बलर करण केसीले ६ बल खेल्दै २० रनको योगदान दिए भने सोहीबिचमा कप्तान पौडेलले ३७ बलको सामना गर्दैै अविजित ५२ रनको योगदान दिए।
अहिले ओमन लक्ष्य प्राप्तिका लागि व्याटिङ गर्न थालेको छ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update