हिमाल दैनिक
सहिदकै अपमान हुनेगरी सरकारद्वारा सूचि तयार,

सहिद भन्नाले आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान हुने अमर व्यक्तिहरुलाई बुझाउँदछ।

जुन परिभाषाको आधारमा आम नेपालीहरुले सहिद भन्नासाथ दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीका अतिरिक्त विभिन्न राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिको नाम सम्झिने पनि गर्दछन्। तर, पछिल्लो समय यो सहिद शब्दको यति दुरुपयोग हुन थालेको छ कि कुनै सडक दुर्घटनामा परी कुनै व्यक्तिको ज्यान गयो भने पनि उसका आफन्तजनले राज्यसामू मृत व्यक्तिलाई सहिदको दर्जा माग गर्ने प्रचलन समान्य नै बन्दै गएको छ।

त्यतिमात्रै नभएर, पछिल्लो समय त राज्यले नै यो पदावलीलाई यति सस्तो बनाइदिएको छ त्यसको लेखाजोखा नै छैन।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले फागुन २४ गते राजपत्र प्रकाशन गर्दै विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेको दाबी गर्दै २६ सय ७४ जना नयाँ शहीदहरुको सूचि सार्वजनिक गरेको छ।

विशेषगरी माओवादी हिंसात्मक द्वन्द्धकालमा भएका घटनामा केन्द्रित रहेर दाहाल नेतृत्वले प्रकाशित गरेको शहीदहरुको सूचिमा आफ्नो दलका नेता, कार्यकर्ता र समर्थकको नाम त समावेश गरिएको छ नै। त्यो भन्दा ज्यादा सरकारको निर्णयलाई वैधानिकताको सीरानी दिलाउँन २००४ सालमा मारिएका नुवाकोटका सिरजोम तामाङ र ००६ सालमा मारिएका भनिएका बिरबहादुर वाइवादेखि ०७६ जेठ १२ मा निधन भएका बझाङका प्रभुजङ्गबहादुर शाह, ०७६ साउन २ मा मािरएका भनिएका रामबहादुर सिंह समेतको नाम सहिदको सूचिमा राखिएको छ।

Bajhang sahid1710063176.JPG

nuwakot sahid1710063297.JPG

त्यतिमात्र होइन ०७७ माघ २१ गते मरेका सर्लाही हरिपुर १ का डाचाराज वाग्लेको नाम समेत सहिदहरुको सूचिमा राखिएको छ।

यसरी सूचि राख्ने क्रममा सरकारी निकायले के कति कारण र के कस्ता घटनामा उनीहरुले शाहदत प्राप्त गरे र सहिदको सूचिमा अटाए त्यो सरकारी निकायकै अधिकारीले जवाफ देलान्। तर, सरकारको आधिकारिक कागजातको रुपमा रहेको राजपत्रमा प्रकाशित नामावलीमा एउटै व्यक्तिको नाम पटक पटक दोहोरिँदा पनि सरकारी निकायले त्यो त्रुटिलाई सच्याउन सकेको छैन।

यसरी दोेहोरिएका नाममा काभ्रे जिल्लाको फलामेटार ४, चिप्लेदमारका याङग्रीमाया वाईवा, मिठुमाया वाईवा र सुवास वाइवा रहेका छन्। रापत्रको पृष्ठ ३५ मा उल्लेखित उक्त नामका व्यक्तिहरुको नाम पृष्ठ ४१ र ४२ मा पनि दाहोरिएको छ जसको निधन ०६२ चैत २२ गते भएको उल्लेख छ।

falametar waiba1710063217.JPG

काभ्रेको पलामेटारस्थित स्थानीयहरुका अनुसार, यी व्यक्तिहरु दोहोरो झडप वा युद्धका क्रममा भन्दा पनि द्वन्द्धरत पक्षले फालेको विष्फोटक पदार्थ खेलाउने क्रममा निधन भएको दाबी गर्दछन्।

सरकारले पुस २४ गतेको मन्त्रिपरिषदको निर्णयका नामा गरिएको राजपत्र प्रकाशनमा यसअघि विगतका सरकारले गरेको निर्णयका आधारमा घोषणा गरिएको सहिदहरुको नामावलीलाई पनि समावेश गरेको छ।

यसरी राज्यले सहिददको सूचिमा समावेश गरेका व्यक्तिका परिवारलाई राज्यकोषबाट प्रति व्यक्ति १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ। जसका लागि पछिल्लो समय समावेश गरिएका नामसहितको २६ सय ७४ जनाका लागि राज्यकोषमा २ अब ६७ करोड ४० लाख व्ययभार थपिँदैछ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update