हिमाल दैनिक
राप्रपा नेता श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण र कुटपिट!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ।

धुम्ब्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि कार्यालयभित्र केही व्यक्तिहरुको समूहले अचानक आक्रमण गरेको थियो।

बैठक कक्षबाट बाहिरिँदै गरेका श्रेष्ठमाथि एक समूहले भित्र प्रवेश गर्दै ढोकैमा एकाएक आक्रमण गरेको थियो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन्। श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन्।

पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update