हिमाल दैनिक
राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम बाचन कार्य सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपरान्ह ३ बजेर ७ मिनेटतिर पुगेका राष्ट्रपति पौडेलले अपरान्ह ३ः१४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेको दस्तावेज बाचन सुरु गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम बाचनको सुरुवातमै सरकार गठनको समयमा भएको सहमति बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी मुलुक र जनताको हितमा काम गर्ने उल्लेख गर्दै पछिल्लो समय देखिएका संविधान र व्यवस्था विरोधी गतिविधिलाई निस्तेज पार्ने घोषणा गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update