हिमाल दैनिक
जेठ १५ को गणतन्त्र दिवस ‘उधुमसँग’ मनाउने भन्दै तीन दिने कार्यक्रमको घोषणा

सरकारले यस बर्षपनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताकासाथ मनाउने निर्णय गरेको छ।

गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु लगाएत सदस्य रहेका छन्।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ उधुमसँग मनाउँनु पर्छ भन्दै जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केबल औपचारिकतामा सीमित नराख्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरु पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न उनले निर्देशन दिए।

गणतन्त्र दिवसको उपलक्ष्यमा जेठ १५ गते मूल आयोजक समितिले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update