हिमाल दैनिक
भिजिट भिसा प्रकरणले बुधबारको संसद बैठक पनि अवरुद्ध, गृहमन्त्री लेखकलाई बोल्न विपक्षीले दिएनन्

भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरुको अवरोधका कारण बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक पनि अवरुद्ध भएको छ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफल र वार्ताबाट समस्या समाधानको उपाय नभेटिएपछि करिब दुई घण्टा ढिलागरी बसेको बैठकमा बुधबार पनि विपक्षी दलका सदस्यहरुले सुरुमै उभिएर विरोध जनाए।

सभामुख घिमिरेले मंगलबार विपक्षी दलका तर्फबाट आएको विषयबारे गृहमन्त्री रमेश लेखकले बोल्न समय माग गरेको जानकारी गराउँदै दलीय आधारमा बोल्ने वातावरणका लागि विपक्षी दल तयार भए त्यही आधारमा र नभए गृहमन्त्रीलाई बोल्ने वातावरण निर्माणका लागि पटक पटक आग्रह गरे।

तर, विपक्षी दलका सदस्यहरले गृहमन्त्रीको राजीनामा बाहेक अन्य कुरा हुन नसक्ने भन्दै उभिएर विरोध र होहल्ला गरेपनि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update