अर्थमन्त्री पौडेलद्वारा संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने क्रम सुरु
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानसहितको वार्षिक बजेट पेश गर्न सुरु गरेका छन्।
संघीय संसदको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री पौडेललाई बजेट पेश गर्न समय दिएपछि अहिले अपरानह ३ः१० बजेदेखि आफ्नो बजेट भाषण गर्न लागेका हुन्।
आफ्नो भाषणको सुरुवातमा उनले संमृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न पछिल्लो केही सयममा भएको राजनीतिक अस्थिरताकाकारण अपेक्षाकृत सफलता प्राप्त नभएको भन्दै राजनीतिक स्थाथित्व र आर्थिक बृद्धिको लक्ष्य हाँसिल गर्न वर्तमान सत्ता गठबन्धन बनेको बताए।
उनले अहिलेको भन्दा अनुकूल गठबन्धन अर्को हुन नसक्ने उल्लेख गर्दै गत आर्थिक वर्षमा ३.७ प्रतिशतको आर्थिक बृद्धिदरमा रहेकोमा यो वर्ष ४.६ प्रतिशतमा पुग्ने बताए।