सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड खर्चको अनुमानित बजेट विनियोजन गरेको छ।
सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
यसरी विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत र पूँजीगत तर्फ ४ खब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको उनले बताए।
यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको जानकारी मन्त्री पौडेलले बताए।
यसैगरी कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण तर्फ रु ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको उनले बताए।
यसरी आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा रु ५ खर्ब ९५ अर्ब ६६ करोड न्यून हुने अनुमान रहेको बताए।
यसरी न्यून हुन आएको बजेटको पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने बताएका अर्थमन्त्री पौडेलले यसरी राजस्व परिचालन, वैदेशिक सहायताबाट पनि नपुग हुने खूद न्यून ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताए।
Thursday, May 29