हिमाल दैनिक
निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढेपछि कमल थापालाई प्रहरीले घिसार्दै नियन्त्रणमा लियाे

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुरक्षाकमीले नियन्त्रणमा लिएको छ। 

राजतन्त्रको फर्काउने घोषणा गर्दै सडक आन्दोलनमा उत्रिएका पूर्व राजाबादीहरुले जेठ १५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको आइतबार चौथो दिन थापालाई प्रहरीले नारायणचौर नक्साबाट नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत निषेधित क्षेत्र तोकेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा लगाइएको सुरक्षाघेरा तोड्दै बालुवाटार प्रवेश गर्ने कोशिशमा रहेका थापालाई आइतबार अपरान्ह स्थिती तनाबग्रस्त बन्दा सुरक्षाकर्मीले बल नै प्रयोग गरेर नियन्त्रणमा लिनु परेको थियो।

उनलाई नियन्त्रणमा लिनेक्रममा सुरक्षाकर्मीसँग थापासहित उनका सहयोगलीले तानातान र ठेलाठेल गर्नेक्रममा भूइँमा उत्तानो परेका थापालाई सुरक्षाकमीले दुबै खुट्टा र हातमा समाएर घिसार्दै प्रहरी भ्यानमा राख्दै उनीसहित केही अन्य प्रदर्शनकारीलाई भद्रकालीमा लगिएको छ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु नारायणचौर क्षेत्रमा नै धर्नामा बसेका थिए। सोहि क्षेत्रमा आयोजित सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाए।

यसैबिच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले थापाको पक्राउप्रति आपत्ति प्रकट गर्दै थापा लगायत प्रहरी नियन्त्रणमा रहेका सबैलाई स–सम्मान तत्काल रिहाई नगरे भोलिदेखि आफूहरुले निर्णायक आन्दोलन सुरु गर्दै उपत्यका बन्दसम्मको कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। .

आफुहरुको भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्न आग्रह गर्दै उनले अव एकैपटक ५० स्थानबाट प्रदर्शन निकाल्ने बताए। 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update