नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विवादस्पद भारतीय योग गुरुका नामले परिचित रामदेव र बालकृष्णको स्वामित्वमा रहेको पतञ्जलीको नाममा भएको जग्गा सम्बन्धी कारोबारमा अध्यक्ष नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषदको निर्णयका आधारमा भएको जग्गा हिनामिनाको आरोपमा नेपाल लगायतका केही व्यक्तिहरुविरुद्ध अख्तियारले बिहिबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
पतञ्जलीको नाममा रहेको जग्गा सट्टापट्टा गर्दा अनियमितता भएको भन्दै यसबारे अख्तियारले केही समयअघि नेता नेपाललाई अख्तियारको कार्यालयमा बोलाएर सोधपूछ गरेको थियो।
उक्त विषयमा अचानक बिहिबार अख्तियारले विशेष अदालतमा रिट दायर गरेपछि नेपालको राजनीतिमा पूर्वप्रधानमन्त्रीलाई सम्भवत् पहिलो पटक भ्रष्टाचारको अभियोगमा मुद्दा दायर हुनेमा नेपाल परेका छन्।