हिमाल दैनिक
सभामुख बनेपछि संविधान र कानूनले निर्धारण गरेवमोजिमकै भूमिका निर्वाह गर्छुः सभामुखका आकांक्षी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले आफू सभामुखमा निर्वाचित भएमा न्यायसम्मत रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेको भन्दै आफु त्यहि अनुसार अघि बढ्ने बताएका हुन्।

उनले नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने कामलाई अघि बढाउने समेत बताए।

गत फागुन २१ गतेको निर्वाचन पश्चात गठिन नयाँ प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि प्रतिनिधि सभाले आइतबारका लागि निर्वाचन कार्यतालिका तय गरेको छ। 

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update