प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं सांसद डीपी अर्याल निविरोध निर्वाििचत हुने भएका छन्।
शुक्रबार सभामुख पदका लागि संसद सचिवलायले उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेपछि संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सभामुखमा अर्याल निर्विरोध निर्वाचित हुने स्थितिबारे जानकारी दिएको हो।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जानकारी दिए।
त्यसअघि शुक्रबार तोकिएको समयमा अर्यालले पार्टी र संसदीय दलको निर्णय बमोजिम सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।
अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

