हिमाल दैनिक
नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको सपथ

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिनिधि सभाको आइतबार बिहान बसेको बैठकबाट नयाँ सभामुखमा निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्यालले आइतबार अपरान्ह शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

शीतल निवासमा आयोजित विशेष कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिए लगत्तै नवनिर्वाचित सभामुख अर्यालले आजै सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको छ। 

फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधि सभामा अत्याधिक बहुमतसहित चुनाव जित्न सफल रास्वपाको प्रस्तावमा मुलुकको नयाँ सरकारको नेतृत्व लिन पुगेको उक्त पार्टीका बालेन्द्र साह पश्चात सोही पार्टीका अर्याल व्यवस्थापिकाको नेतृत्व लिन पनि सफल भएका छन्। 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update