हिमाल दैनिक
भाजपा अध्यक्ष नविनसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नविनसंग भेटवार्ता गरेका छन्।

मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर सभापति लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नविनसंग भेटवार्ता गरेको हो।

भेटवार्ताका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

सो क्रममा सभापति लामिछानेले भाजपा कार्यालयको अवलोकन समेत गरेका थिए भने अन्य भाजपा नेतासंग पनि छलफल गरेका थिए।

त्यसअघि भाजपा कार्यालय पुग्दा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको थियो। 

फागुन २१ गते सम्पन्न निर्वाचनबाट देशकै पहिलो र शक्तिशाली दलको सभापति बनेका लामिछानेलाई मित्रराष्ट्र भारतको सत्तारुढ दल भाजपा अध्यक्षले पठाएको निमन्त्रणा स्वीकार गर्दै सोमबार नयाँ दिल्ली पुगेका थिए। लामिछाने आफ्नो पाँच दिने भ्रमण सकेर जेठ २२ गते स्वदेश फर्किने तयारी रहकेो छ। 

Rabi reached bjp office1780394117.JPG

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update