सीजी मोटर्स प्रा.लि.ले उपत्यकाका युवा ग्राहकहरुको चाहना बमोजिम पहिलो पटक प्रथम एक्सपल्स २१० हिरो बाइक एक्सपेरियन्स एक्सट्रयाक्ट इभेन्टको आयोजना गरेको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स प्रा.लि.ले शनिबार उपत्यकाको भक्तपुर सल्लाघारीमा उक्त कार्यक्रमको आयोजना गरेको हो।
विभिन्न ब्राण्डका हिरो मोटरसाइकलहरुको आधिकारिक विक्रेता सीजी मोटर्स कम्पनीले नेपाली युवा जो मोटरसाइकल यात्रालाई रोमाञ्चक खेल सरह लिन्छन्, उनीहरुको चाहना र भावनालाई मध्यनजर गर्दै बिहानदेखि दिनभरसम्म नै ट्रयाकमा चलाउने व्यवस्था गर्दै भरपूर मनोरञ्जन दिने प्रयास गर्यो।
सीजी मोटर्स कम्पनीका प्रतिनिधि रितेश शाक्यले पहिलो पटक एक्सपल्सको २१० एड्भेन्चरस बाइकको अविस्मरणीय अनुभव दिलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए।
उक्त कार्यक्रममा इच्छुक राइटर्सहरुलाई सहभागी गराउने र त्यसमा कम्पनीले अनुभवी गाइडको अतिरिक्त सम्भावित जोखिमको न्यूनिकरणका सबै उपाय र व्यवस्था गरिएको बताए।



