हिमाल दैनिक
विराटनगरस्थित कोइराला निवास पुग्दाः ‘त्यी गगन र यी शशांक’

विराटनरस्थित कोइराला निवास यसका निर्माणकर्ता कृष्णप्रसाद कोइरालाले ठढ्याएको केबल ढुंंगा, माटोको वा कंक्रिट र जस्तापाताले ठडिएको भवन मात्र होइन। 

लोकतन्त्रवादी भनौं अथवा लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसीजनहरुका लागि यो निवास श्रद्दाले झुक्ने पवित्र धाम सरह आस्थाको धरोहर नै हो।

तत्कालीलन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हरेक नयाँ र कठिन राजनीतिक निर्णय लिनु पर्दा विगतमा पिताजी कृष्णप्रसादले बनाइदिएको यहि निवासलाई प्रयोग गर्थे। 

सायद यसका पछाडि पार्टीका संस्थापक नेता बीपी कोइरालाको कालजयी भनाइप्रतिको विश्वासकै कारण पनि हुन सक्दछ। 

बीपीले भन्ने गर्थे, ‘देशका बारेमा कठिन निर्णय लिनु पर्यो भने एक मुठ्ठी माटो हातमा लिुन र आत्माको आवाज सुन्नु। माटोले जे भन्छ त्यही गर्नु।’ सायद यो भनाइमा गिरिजा प्रसादको अगाध आस्था थियो। 

देशभरीबाट विराटनगर पुग्ने राजनीतिक चेतना भएका जोकोहीले पनि कुनै न कुनै बहानामा यो कोइराला निवास नपुगी फर्कने विरलै होलान्।

त्यसमाथि कांग्रेस नेता र कार्यकर्ताले त कोइराला निवास पुग्नु र त्यहाँको फोटो सुरक्षित गर्नुलाई विशेष उपलब्धिकै रुपमा लिने गर्दछन्। 

कांग्रेको विशेष महाधिवेशनबाट तत्कालीन सभापति शेरबहादुर देउवा र उनी नेतृत्वको कार्यसमितिलाई अपदस्त गर्दै कांग्रेस–२ को सभापति बनेका गगनकुमार पनि जेठ ९ गते कोशी प्रदेशको कार्यक्रममा सहभागी हुन जाने क्रममा कोइराला निवास पुगेका थिए।

उनी त्यहाँ पुग्दाको दृश्य भने बीपी पुत्र शशांकले भनेभन्दा अल्लि फरक थियो। थापाले कोइराला निवास पुग्दा कांग्रेसभित्र चलिरहेको चरम विवादलाई समाधान खोज्ने र पार्टीमा बृहत्तर एकताको बाटो देखाउने अपेक्षा आमकांग्रेसजनका लागि स्वभाविक नै हो।

तर, उनले यस्ता अपेक्षालाई स्वभाविक रुपमा संवोधन त गरेनन् नै। अझ उनले आफ्नो अभियान ‘बहुचर्चित र विवादस्पद क्रियाशील अध्यावधिक’ गर्ने कार्यमा सहमत नहुने नेता, कार्यकर्तालाई पार्टी जिम्मेवारीबाट मुक्त गरिने घोषणा सगर्व गरे।

आज त्यही कोइराला निवास हो, जहाँ बीपी पुत्र शशांक कोइराला पुग्दाको दृश्य अलग थियो। उनीसगै थिए, १४औं महाधिवेशनमा आफ्नो टिममा बोकेर गगन थापालाई महामन्त्री बनाइदिने नेता शेखर कोइराला पनि। 

गत पुसको अन्तिम साता विशेष महाधिवेशनको नाममा भृकुटी मण्डपमा आयोजित भेलामार्फत अपदस्त गरिएका सभापति शेरबहादुर देउवा र उनको कार्यसमितिमा रहेर नियमित महाधिवेशनको पक्षमा उभिएका नेता शेखर कोइराला लगायतको नेता, कार्यकर्ताहरुबिच बृहत पार्टी एकताको सन्देश दिने उद्देश्यले आयोजित कोशी प्रदेश स्तरिय कार्यक्रममा सहभागी हुन शनिबार नै विराटनगर पुगेका थिए, बीपी पुत्र शशांक पनि।

आइतबार कोशी प्रदेश स्तरिय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस व्यवहारिक रुपमा फुटिसकेको भन्दै यसका बाबजूद पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न ढिला गर्न नहुने धारणा राखे।
आफू लामो समयको अन्तरालपछि विराटनगरस्थित कोइराला निवास गएको तर, पार्टी फुटको अवस्थामा पुग्दा आँसु खसेको बताए।

उनले भने, ‘म आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो। तर, कांग्रेस आज टुक्रिएको छ, टुक्र्याइएको हो। अदालतले टुक्रा बनायो, यो गलत थियो।’

उनले थप्दै भने, संविधानको रक्षा र राष्ट्रको उज्ज्वल भविश्यका लागि अब पार्टी एकता गरेर अघि बढ्नु पर्छ।’

गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता शशांकले ०४८ साल र त्यसपछिका राजनीतिक परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई परिवर्तनका पक्षमा उभ्याएको भन्दै के गगन थापाले एक्लै पार्टी चलाउना सक्नुहुन्छ?
 

 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update