हिमाल दैनिक
रास्वपाको अधिवेशन लम्बिदा प्रतिनिधि सभाको बैठक निरन्तर प्रभावित

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अधिवेशन पूर्वनिर्धारित समयभन्दा ज्यादा लम्बिदा त्यसको असर प्रतिनिधि सभामा पर्न गएको छ। 

तीन दिनका लागि तय गर्दै चितवनमा सुरु भएको रास्वपाको प्रथम अधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लम्बिन गएपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको बैठकलाई शुक्रबारका लागि तय गरेका थिए।

तर, महाधिवेशनको चुनावी प्रक्रिया लम्बिएपछि आज बिहानै अर्को सूचना प्रकाशित गर्दै शनिबार ११ बजेका लागि तय गरिएको बैठक अपरान्ह अर्को सूचनामार्फत आइतबारसम्मका लागि स्थगित गरिएको हो।

शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। 

प्रतिनिध सभामा सत्तारुढ रास्वपाका १८२ सदस्य रहेको र उनीहरुमध्ये अधिकांश सदस्यहरु चितवनमा अधिकांश पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीदेखि सदस्यसम्मका प्रत्यासी र मतदाता रहेको कारण पनि संसदको चालु बैठक प्रभावित बन्न पुगेको हो।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update