हिमाल दैनिक
नेपालमा मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा मंगलबार राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये ९७ महिला र १ सय ५५ पुरुष संक्रमित रहेकाछन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ सय २५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ७६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार १ सय ६८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख १८ हजार ८ सय ४३ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ९ सय ३२ जना छन् । नेपालमा हालसम्म १४ लाख ६ सय ९४ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ७२५ वटा पीसीआर परीक्षण भएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update