पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
पोखरामा आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहान जारी गरेको बिज्ञप्ति अनुसार पोखरा १३ की ३६ वर्षीय महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा आइसियुमा उपचारका क्रममा बुधबार राति ११ बजेको मृत्यु भएको हो ।
उनलाई कार्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति हुन् ।
यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म मृत्यु हुनेको सख्या ७१ पुगेको छ भने पोखरामा २५ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ६ हजार ९ सय ११ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय