हिमाल दैनिक
आजदेखि कक्षा १२ को बोर्ड परिक्षा सुरु
class-12
कोरोनाका कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा अवधि साढे १ घण्टाको तोकिएको छ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गरिएको छ भने मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ । १२ को परिक्षा भएको केन्द्र मध्ये एक बे्रनल्याण्ड एकेडेमीका केन्द्राध्यक्ष प्रशान्त दाहालले राष्ट्रिय परिक्षा बोर्डले तोकेको मापदण्ड अनुसार परिक्षा सञ्चालन गरिएको जानकारी दिए । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ । परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गरेका छन् । परीक्षा १६ गतेसम्म हुने बोर्डले जनाएको छ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update