हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक गतिविधिलाई नजिकबाट शूक्ष्म ढंगले नियालेर तत्काल सामाजिक सञ्जालमार्फत आलोचनात्मक चेतसहितको प्रतिक्रिया दिने सवालमा सत्तारुढ नेकपाका भीमबहादुर रावल, कांग्रेसका गगनकुमार थापा र जसपाका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सबैभन्दा अग्रपंक्तिमा पर्दछन्। तर, भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्तिक ५ गते साँझ ओलीले गरेको गोप्य भेटवार्ताको विषयमा भने रावल र थापाले ट्वीटरमार्फत आलोचना गरेपनि नेता भट्टराई भने आश्चर्यजनक रुपमा मौन बसे। अधिकांश राजनीतिकर्मीदेखि कुटनीतिक क्षेत्रका जानकारहरुले समेत राजनीतिक मान्यता र कुटनीतिक मर्यादा विपरित रअ प्रमुख गोयल अचानक नेपाल आएर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग घण्टौं लामो गोप्य वार्ता गरेको विषयबारे गम्भीर प्रश्न समेत उठाइरहेका छन्।
यो पनि पढ्नुहोस्:
ओली मात्रै होइन, भट्टराईलाई पनि रअ प्रमुख गोयलले भेटेको भारतीय संचारमाध्यमको 

तर, सरकारका विवादस्पद गतिविधिको आलोचना गर्न सधैँ अग्रप्रंक्तिमा रहँदै आएका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले भने ओली र गोयलबीच भएको भेटवार्ताबारे किन मौन रहे भन्ने चासोको विषय बनेको थियो। यसैबीच मंगलबार एकाएक भारतीय सञ्चारमाध्यमले रअ प्रमुख गोयलसँग नेता भट्टराईले पनि भेटवार्ता गरेको र भट्टराईलाई कोरोना पोजेटिभ देखिएसँगै गोयल पनि भारत फर्किएपछि कन्ट्याक्ट ट्रेसिङमा परेपछि आइसोलेशनमा रहेको हुन सक्ने आशंकासहितको समाचार प्रकाशित भएपछि भट्टराईको मौनताप्रति आशंका उब्जिएको हो। यसरी गोयल र ओलीबीचको भेटबारे केही प्रतिक्रिया नदिनुको कारण कतै उनी आफैँले पनि रअ प्रमुखलाई भेटेको कारण त होइन भन्ने आशंका उब्जिएको छ। भलै नेता भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले भारतीय सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै कोरोना संक्रमणको आशंकामा आइसोलेशनमा बसेका नेता भट्टराईले रअ प्रमुखलाई नभेटेको स्पष्टिकरण दिएका छन्। तर, पाण्डेले दिएको प्रतिक्रियामा उल्लेखित टाइमलाइन अनुसार, नेता भट्टराईको कोरोना परिक्षण गोयल फर्किएको भोलिपल्ट अर्थात ७ गते मात्रै पिसिआर परिक्षण गरी ८ गते रिपोर्ट आएपछि भट्टराई स्वयंले ट्वीटर र फेसबुकमार्फत आफु र आफ्नी श्रीमती हिसिला यमीलाई पोजेटिभ देखिएको जानकारी सार्वजनिक गरेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update