खोई कसको योजना र तयारीमा हो, भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलले अचानक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत हप्ता उनकै सरकारी निवासमा गोप्य भेटवार्ता गरेर फकिए।
रअ प्रमुख गोयल नेपाल आएर फर्किएको एक हप्तापछि उनैको भेटवार्ताबारे पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराई र साहित्यकार खगेन्द्र संगौलाबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।
मंगलबार भारतबाट प्रकासित हुने एक अनलाइन मिडिया ‘दि प्रिन्ट’मा ज्योति मलहोत्राले रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीका अतिरिक्त पूर्व प्रधानमन्त्री भट्टराईलाई पनि भेटेको तथा भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि गोयल पनि कन्ट्याक्ट ट्रेसिङमा परेको हुन सक्ने लेख सार्वजनिक गरे।
सोही अनलाइनको समाचारका आधारमा नेपालका अनलाइन तथा सञ्चारमाध्यमले पनि गोेयल र भट्टराईबीचको भेटवार्ताबारे समाचार प्रकासित गरेपछि लेखक संग्रौलाले पनि बुधबार बिहान आफ्नो ट्वीटरमार्फत व्यंग्यात्मक शैलीमा स्टाटस् लेखे।
जसमा संग्रौलाले भनेका छन्, ‘डा. बाबुराम भट्टराई ‘रअ’ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामनत गोयल्स बाबुराम भट्टराईका देशमा सुटुक्क कोरोना भाइरस सल्काउने! अनि यता बाबुराम आइसोलेशनमा, उता सामन्त आइसोलेशनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो!’ संग्रौलाले राखेको उक्त स्टाटस्को जवाफमा नेता भट्टराईले भने, ‘खगेन्द्र संग्रौला जस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरुबाट सत्य÷न्याय, बुद्धि÷विवेकको के अपेक्षा गर्नु? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाँचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’ https://twitter.com/belakoboli/status/1321338159859298304 त्यसको जवाफमा संग्रौलाले अनलाइन र सामाजिक सञ्जालमा समाचार आएपछि समाचार लेख्नेहरुमाथि कटाक्ष नगरी आफूमाथि कटाक्ष गर्नुको अर्थ नभएको भन्दै सत्य तथ्य खोज्न कहाँ जाने भनि प्रश्न गरे। त्यसपछि पनि संग्रौलाको कटाक्ष रोकिएन। उनले अर्को ट्वीटमार्फत नेता भट्टराईलाई आफ्नो दाबी सत्य हो भने प्रमाणित गरेर समाचार लेख्ने र ट्वीट गर्नेलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।
उनले भनेका छन्, ‘ज्योति मलहोत्राको लखलाई सिरानी हालेर सुधीर शर्मा नामक ‘काग’ले ट्वीट गर्या छन्। होइन भने प्रमाणित गरेर यो ‘काग’को झाँको झारे भइगो डाक्टरसाप, यो गनगन किन?’ मंगलबार समाचार प्रकासित भएपछि नेता भट्टराईका सहयोगी विश्वदिप पाण्डेले कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका भट्टराईले रअ प्रमुख गोेयललाई नभेटेको भन्दै समाचार सत्य नभएको बताएका थिए। जब कि रअ प्रमुख गोयल नेपाल कार्तिक ५ गते बुधबार आई ओलीसँग भेटवार्ता गरी ६ गते बिहिबार नयाँ दिल्ली फर्किएका हुन् भने नेता भट्टराईको कोरोना परिक्षण कार्तिक ७ गते गरेपछि ८ गते मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।
![]() |
ओली मात्रै होइन, भट्टराईलाई पनि रअ प्रमुख गोयलले भेटेको भारतीय संचारमाध्यमको दाबी |

प्रम ओली र रअ प्रमुखबीचको भेटवार्ताप्रति किन रहस्यमय मौनता साँधे भट्टराईले? |

यस सम्बन्धी थप समाचार:
![]() |
प्रम ओली र रअ प्रमुखबीचको भेटवार्ताप्रति किन रहस्यमय मौनता साँधे भट्टराईले? |
![]() |
ओली मात्रै होइन, भट्टराईलाई पनि रअ प्रमुख गोयलले भेटेको भारतीय संचारमाध्यमको दाबी |
![]() |
‘अस्वस्थ मानसिकता’ बोक्नेले ओली–गोयलबीचको भेटवार्ताको विरोध गरेः उपप्रधानमन्त्री पोखरेल |
![]() |
प्रम ओलीलाई प्रवक्ता श्रेष्ठको प्रश्न: रअ प्रमुख समकक्षी हो र, भेटेको? |
![]() |
प्रधानमन्त्रीज्यू, रअ प्रमुखसँगको भेटवार्ताबारे देश र जनतालाई प्रष्ट्याउनुहोस्ः निधि |
![]() |
रअ प्रमुख गोयलसंगै लिम्पियाधुराको चुच्चो पनि गयो! |
![]() |
नेपाल–भारत सम्बन्ध कुटनीतिक-राजनीतिक आधारमा चल्छ कि गुप्तचरको निर्देशनमा? |
![]() |
देउवा, दाहाल र नेपालद्वारा गुप्तचर प्रमुख गोयलसँग कुनै भेटवार्ता नभएको स्पष्टोक्ति |
![]() |
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति |
![]() |
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न |
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय