
भारतका लागि पूर्वनेपाली राजदुत दिप कुमार उपाध्यायले राजनितीक तहको सम्बन्धलाई गुप्तचरी संस्था मार्फत व्यवस्थापन गर्न खोज्नुले नेपाल कुटनीतिक रुपमा असफल भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपाध्यायले यस्तो बताएका हुन् । उनले बिगतमा नेपालको राजनीतिलाई सुक्ष्म व्यवस्थापन गर्दै आएको भारतको गुप्तचर विभाग रअका प्रमुख सामन्त गोयलले नेपालको अन्तर्राष्ट्रिय हैसियत र कुटनीति माथि नै प्रश्न उठ्ने गरि राजनीतिक तहको भेटघाट गर्नु गम्भिर बिषय भएको उनको बताए ।
नेपालका प्रधानमन्त्री गुप्तचर संस्था रअसँग डराउनु रहस्यमय र गम्भिर बिषय भएको भन्दै त्यसको कारण खोजिनु पर्ने उनले बताए ।
रअ प्रमुख र प्रधानमन्त्री बिच भएको संबाद गम्भिर बिषय भएकाले प्रधानमन्त्रीले संबाद बारे परराष्ट्र मन्त्रालय मार्फत आम जनतालाई जानकारी गराउनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय