प्रतिबन्ध हटेसंगै विप्लवको पहिलो फोटो, काठमाडौँ आउदै

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएसंगै विप्लव समूहका नेता नेत्र बिक्रम चन्द विप्लवको भूमिगतपछि पहिलो तस्बिर सार्वजनिक भएको छ।
बिहिबार विप्लव समूह र सरकारबीच तीनबुँदे भएपछि बिहिबार बेलुका मन्त्रिपरिषदले विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाएको थियो । सहमति अनुसार सार्वजनिक समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट संयुक्त रुपमा सम्बोधन गर्दैछन् ।
त्यसका लागि विप्लव नवलपरासीबाट काठमाडौँ आउने क्रममा उक्त फोटो सार्बजनिक भएको छ । उनले काठमाडौँ आउनु अघि बिहान सहिद परिवारलाई भेटेका थिए ।
आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच उनले सम्बोधन गर्न कार्यक्रम रहेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय