नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीको निधन भएको छ । ६३ बर्षिय केसीको गएराति पोखराको मुस्ताङचोक स्थित आफ्नो निवासमा मृत्यु भएको हो । केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका बिरामी थिए ।
उनि २०७४ सालमा राप्रपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। यस अघि उनि राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत भएका थिए। उनले २०७४ सालको चुनावमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका थिए।
उनका श्रीमती र तीन जना छोरा छन् । उनको अन्त्येष्टि आजै गर्ने तयारी भईराखेको पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्


