राष्ट्रपति चुनाव हारेपनि ट्रम्पले वाइट हाउस छोड्न मानेनन् भने?
मंगलबार भएको अमेरिकाको राष्ट्रपति चुनावको नतिजा अझै आएको छैन। शुक्रबार पनि मतगणना जारी नै छ। पछिल्लो अपडेट अनुसार बाइदेनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल भोट जितिसकेका छन्। अझै पनि ४ राज्यको नतिजा आउन बाँकी छ । अब वाइट हाउसमा ट्रम्प नै फिर्ता हुन्छन कि वा बाइडेन अमेरिकाका नयाँ राष्ट्रपति बन्छन भन्ने अमेरिकाका जनता मात्र नभई बिश्वलाई नै कौतुहलतामा छ ।
यसै बीच ट्रम्पले मतगणनामा धांधली भएको आरोप लगाउदै आएका छन् र तत्काल मतगणना रोक्नु पर्ने भन्दै उनि र उनको पार्टी अदालतको धोका समेत धक-धकाउन पुगेको छन् । पछिल्लो चुनाव मतगणनाको नतिजा हेर्ने हो भने ट्रम्पको पुन: राष्ट्रपति बन्ने सपना साकार नहोला जस्तो छ । यस्तो बेला अहिले प्राय राष्ट्रपति चुनावलाई नियालेर हेरिरहेका मान्छेको मनमा एउटा झिनो प्रश्न उब्जिएको छ। यदी चुनाव हारेर ट्रम्पले वाइट हाउस छोड्न मानेन भने के हुन्छ ?
अमेरिकामा निर्वाचन को नतिजा आएपछि सधै नयाँ राष्ट्रपतिको शपथ कार्यक्रम (इनागरेशन) २० जनवरीमा हुन्छ । जसमा चुनाव हारेका प्रतिद्वोंदी वा दुई कार्यकाल पुरा गरेका राष्ट्रपतिले वाइट हाउस खाली गर्छन र जितेका उम्मेदवारका अनुसार वाइट हाउसलाई सजाउने गरिन्छ।
न्युयोर्क पोष्टको एक रिपोर्टका अनुसार, जुन महिनामा बाइडेनलाई यही प्रश्न सोधिएको थियो,'यदि ट्रम्पले राष्ट्रपतिको चुनावमा हारे भने र उनले वाइट हाउस छोड्न मानेन भने ? ' बाइडेनको जबाफ थियो,'यस्तो हुन सक्छ। तर यदि यस्तो भयो भने मिलिट्री आर्मीले उनलाई जबर्जस्ती वाइट हाउसबाट बाहिर निकाल्छन्।' ज्वॉइंट चीफ्स ऑफ स्टाफ जनरल मार्क मिलेले यस प्रश्नको जबाफ दिंदै भने,' मिलिट्री आर्मीको प्रयोग चुनावी माहोलमा हुन्छ। यदि यस्तो हुन्छ भन्ने यसको फैसला अदालत वा युएस कांग्रेसले गर्छ। यसमा आर्मीको भूमिका हुन्दैन।'
रिपोर्टका अनुसार, अमेरिकाको राजीनितिक इतिहासमा अहिलेसम्म चुनाव हारेको राष्ट्रपतिले वाइट हाउस नछोड्ने धम्की दिएका छैनन्। यस पटक ट्रम्पको अस्थिर र ढीत पूर्ण गतिविधि, व्यवहार र चरित्रका कारण कतिपय ब्यक्ति समेत संचार मध्यमहरुले यस्तो आशंका व्यक्त गर्न थालेका छन् । त्यसैले यस कुराको आशंका कैयौ ब्यक्तिहरुको मनमा छ। ट्रम्पले नै पटक पटक भनेका छन् ,'सत्ता हस्तान्तरण वा पावर ट्रान्सफर गर्नु जरुरत नै छैन किन भन्ने म नै वाइट हाउसमा बस्छु।' उनको यो अभिव्यक्तिलाई अहिले धम्कीको रुपमा हेरिन थालेको छ। त्यस्तै यति यस्तो केहि भएमा यो कानुनी मामिला हुनेछ र वाइट हाउसमा को बस्ने भन्ने कुरा फैसला सर्वाच्च अदालतले गर्नेछ। एजेन्सी सहयोग
अमेरिकी सुप्रीम कोर्टमा कुल ९ न्यायाधिश छन् । ३ न्यायाधिशको नियुक्ति ट्रम्पकै कार्यकाल भएको थियो। यसमध्य एक न्यायाधिश एमी कोने बैरेट चुनाब सुरु हुनुभन्दा एक हप्ता अघि नै नियुक्ति पाएकी थिइन् । ६ जना न्यायाधिश ट्रम्प अर्थात् रिपब्लिकन पार्टीका समर्थक हुन् ।
किन पटक-पटक सुप्रिम कोर्टको धम्कि दिईराखेका छन् डोनाल्ड ट्रम्प?

बाइडेनले पाए ७ करोड़ १० लाख पपुलर भोट, तोडे ओबामाको रेकर्ड
बाइडेनले डेमोक्रेट्स पार्टीका बराक ओबामाको १२ बर्ष पुरानो रेकर्ड तोडेका छन्। बिहिबार बिहानसम्म बाइडेनले ७ करोड १० लाख पपुलर भोट हासिल गरि सकेका छन्। सन् २००८ मा भएको राष्ट्रपति चुनाबमा ओबामालाई ६ करोड ९४ लाख ९८ हजार ५१६ भोट पाएका थिए।प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय