
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विवादस्पद अडियो सार्वजनिक भएको छ । ४० को दशकमा राष्ट्रिय जनमोर्चामा क्रियाशिल रहदा देखि नै श्रेष्ठसंग निकट रहेका भनिएका पूर्व सांसद तथा नेकपा नेता कमानसिंह लामाको गएराति कोरोना भाइरसबाट निधन भएपछि श्रेष्ठ विवादमा मुछिन पुगेका हुन् ।
दुई हप्ता अघि कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका लामाले एक हप्ता अघि आफ्नी कान्छी श्रीमतीका नाममा र भाईप्रति गम्भीर आरोप र आछेप लागेको स्ट्याटस सार्वजनिक गरेका थिए। त्यसको एक हप्ता नवित्दै गएराति लामाको निधन भएपछि उक्त स्ट्याटसमा उल्लेखित आर्थिक लेनदेन र हिसाब किताबको बिषयले नेकपा प्रवक्ता श्रेष्ठलाई अर्को विवादमा तानेको हो ।
लामाको निधन लगत्तै पारिवारिक स्रोतको हवाला दिंदै सनराइज खबर नामको एक अनलाइन पत्रिकाले श्रेष्ठ र लामाबीच भएको अडियो र भिडियो क्लिप्स सार्वजनिक गरेको छ । जसको आधारमा लामा र श्रेष्ठबीच लामाले लिएको ठुलो संख्याको ऋण भुक्तानीको बिषयमा श्रेष्ठसंग विवादस्पद कुराकानी भएको सुनिन्छ । जसमा श्रेष्ठले लामालाई साढे दुई करोड आफ्नै हितेसी सुसनलाई दिने दिएर विवाद सल्टाउन सुझाब दीएको सुनिन्छ भने लामा उक्त रकम आफुले दिन नसक्ने बताएको उक्त अडियोमा सुनिन्छ ।
यसरी श्रेष्ठ र लामाबीच भएको अडियोको हिसाब किताब र लामाले केहि दिन अघि स्ट्याटसमा उल्लेख गरेको रकमको संख्या मिल्दोजुल्दो देखिन्छ । उक्त अडियोको आवाज श्रेष्ठ र लामाबीचको वार्तालाभ हो वा होइन भन्ने अधिकारिक पुष्टि भने हुन बाँकी नै छ । यदि यो अडियो लामा र श्रेष्ठबीचको कुराकानी नै रहेको भन्ने अधिकारिक पुष्टि भएमा यसले नेकपा प्रवक्ता श्रेष्ठको राजीनितिक र सामाजिक प्रतिष्ठामा गम्भीर प्रश्न खडा गर्न सक्ने सम्भावना देखिन्छ ।
एक बर्ष अघि नेकपा सांसद एवम तत्कालिन सभामुख कृष्ण बहादुर महराको बिषयमा पनि यस्तै विवादस्पद भिडियो सार्वजनिक भएपछि पदबाट राजिनामा दिनु परेको थियो । गत फागुनमा तत्कालिन संचारमन्त्री एवम प्रधानमन्त्री केपी शर्मा ओलीका निकै नै प्रिय पात्र गोकुल प्रसाद बास्कोटा र एक बिचौलिया बिजय मिश्रबीच ७० करोड कमिसनको बिषयमा भएको वार्ताको अडियो सार्वजनिक भएको थियो । जसका कारण उनको मन्त्री पद फ़ुस्किएको थियो । यद्दपी महराले आफुमाथि लागेको आरोपमा अदालातबाट सफाई पाईसकेका छन् भने बास्कोटाको बचाउमा स्वयम प्रधानमन्त्री नै उत्रिएपछि उक्त
प्रकरण बारे अख्तियारले अनुसन्धान प्रक्रिया नै सुरु गर्न सकेन ।
एक हप्ता अघि लामाले लेखेको स्ट्याटस एका-एक किन चर्चामा आयो। के लेखेका थिए लामाले?
फेसबुक बाट साभार गरिएको स्ट्याटस: ![]() ![]() ![]() |
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय