हप्तामा दुई दिन विदा दिंदै २०२१ लाई आन्तरिक पर्यटन बर्ष मनाउने तयारीमा मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाबाट धरासयी बनेको पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन विदा हुने गरी प्रस्ताव अघि सारिएको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रममा उनले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिँदै दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका हुन् ।
मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएको बताए ।
नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उनको भनाई छ । उनले यस विषयमा सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने बताए ।
कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कतिथियो र त्यसको परिचालन कतिभयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय