नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको बताएकी छिन् । पक्राउ पर्नुअघि निवासमा सञ्चारकर्मीसंग उनले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन, अपमान र चरित्र हत्या गरेको भन्ने विषय राजनीतिक विषय भएको र कानुनी विषय नभएको समेत बताईन । उनले मर्ने बेलामा कमिलाको प्वाँख पलाए झैं शासकले आफू ढल्ने बेलामा तमासा गर्ने गरेको धारणा राखिन् । जनताको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारी मतियार बनेको उनको भनाई छ । उनले जनताको वाक स्वतन्त्रतामाथि नै राज्यले हनन गर्न खोजेको बताईन ।
पक्राउ पुर्जी जारी भएपछि झाँक्रीको निवासमा नेकपा कार्यकताले राज्यविरुद्ध नारावाजी गरेका थिए भने प्रहरीलाइ निवास छिर्न दिएका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा अभिव्यक्ति दिएपछि झाँक्रीलाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।
यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।
झाँक्रीविरुद्ध प्रयोग गरिएको कानुनी दफामा के छ?
यस दफाका अनुसार झाँक्रीलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै सजाय हुनेछ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



