हिमाल दैनिक
रातभर लाइन बस्नेहरूको कथा : पीसीआरको फन्दाले भुइँको बास
teku-pcr-2892020032147-1000x0
घरधनीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरु कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् तर सबैको पालो आउँदैन ।
पीसीआर रिपोर्ट हाम्रो प्रमाणपत्र रै’छ । बाध्यताले जस्तो पनि दु:ख सहनुपर्ने रै’छ, हामी गरिब नभएको भए पैसा तिरेर अरु अस्पतालमै गएर पीसीआर गर्थ्यौं। – राजेश साह
काठमाडौँ — उनी लाइनको पहिलो नम्बरमा छन् । उभिइरहन कठिन हुने भएकाले चाउचाउको कार्टुनलाई इँटाले अँठ्याएर छेउको सिँढीमा टुसुक्क बसिरहँदा ध्यान घरीघरी भाँडिन्छ, आँखा आफूले ओगटेको त्यही ठाउँमा पुग्छ । अघिल्ला दुई रात लाइन बसेर पनि पालो नपाएपछि राजेश साह शनिबार साँझ ६ बजे नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।
आफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका आँखा बारम्बार आफैंले राखेको इँटामाथि दौडिन्थे ।
आफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका आँखा बारम्बार आफैंले राखेको इँटामाथि दौडिन्थे ।
यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update