हिमाल दैनिक
नेपालमा बिहिबार थप १ सय ८ जना कोरोना संक्रमित फेला परेका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका १ सय ८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । केही सातामा थपिएको संक्रमणमा यो सबैभन्दा कम संख्या हो । बिहीबार १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए । पाँच जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update