हिमाल दैनिक
गण्डकी प्रदेशमा थप २० जनामा संक्रमण देखिएको छ। ४ ठाउँमा गरिएको परिक्षणमा ८ जिल्लामा २० गरि जनामा संक्रमण देखिएको हो। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप १ महिला र ३ पुरुषमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित हुने १६ बर्ष देखि ४० बर्षका रहेका छन्। त्यस्तै लमजुङ्गमा ५ जना पुरुषमा र गोरखामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ। संक्रमित हुने २४ देखि ४२ बर्षका रहेका छन्। भरतपुर अस्पताल र हेटौडा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण नवलपरासी (ब सु पु )मा चार पुरुषमा संक्रमण देखिएको छ। संक्रमित हुने २४ देखि ५७ बर्षका रहेका छन्। त्यस्तै पोखरा क्षय रोग प्रयोगशालामा गरिएको परिक्षणमा तनहुँमा १ पुरुष, बाग्लुङ्गमा दुई पुरुष र म्याग्दीमा दुई पुरुषमा संक्रमण देखिएको छ। संक्रमित सबैलाई समन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईराखेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने को संख्या ११४९ पुगेको छ। गण्डकी प्रदेश का सबै जिल्लामा कोरोनाको संक्रमण देखिसकेको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update