हिमाल दैनिक
ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ४८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६२० रहेको छ । त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २० हजार २२९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् । सोमबार ब्राजिलमा नयाँ सङ्क्रमितको सङ्ख्या २६ हजार रहेको थियो भने मृत्यु सङ्ख्या ६०२ रहेको थियो । ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या नौ लाख २७ हजार २९२ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।(रासस÷एएफपी)
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update