समुदायस्तरमा अझै कोरोनाको संक्रमण पुगेको छैन: निर्देशक पाण्डे

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा समुदायस्तरमा कोरोना नपुगेको स्पष्ट पारेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक वासुदेव पाण्डेले अहिलेसम्म कोरोना सङ्क्रमण भएकाहरुमध्ये ९७ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको, त्यसमा पनि ८७ प्रतिशत पुरुषमा कोरोनाको सङ्क्रमण भएका भन्दै अहिले नै समुदायस्तरमा नपुगेको बताउनुभएको हो ।
उनले साउदी अरेबिया, कुवेतलगायतका देशबाट केही नेपाली कोरोना नै जाँच नगरि स्वदेश फर्किएकाले धेरैमा कोरोना सरेको पनि बताए ।यस्तै काठमाण्डौ बाहिरबाट लुकीछिपी आउनेहरुका कारण पनि काठमाण्डौमा सङ्क्रमण बढेको उनको भनाइ छ ।
उनले काठमाडौंका सम्भावीत केहि स्थानका व्यक्तिहरुको कोरोना जाँच गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । काठमाडौंमा संक्रमित बढ्दै गएकाले महाशाखा थप सचेत भएको उनले बताए।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय