हिमाल दैनिक
मंगलबार २०४ जनामा कोरोना भाइरसको संक्रमण
corona-survival
नेपालमा पछिल्लो मंगलबार २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । त्यस्तै मंगलबार काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणबाट काठमाडौंका थप एकजनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । हालसम्म२६१८६१ जनाको पिसिरआर परिक्षण भएको छ । त्यस्तै हाल आइशोलेशनमा ८६३४ जना र क्वारेन्टाइनमा २५,७२७ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update