हिमाल दैनिक
गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय पोखराले साँझ जारी गरेको बिज्ञप्ति अनुसार एक जना को मृत्यु भएको पुष्टि गरेको हो। हिजो बाग्लुङ्ग ढोरपाटन नगरपालिकाका २९ बर्षिय पुरुषको मृत्यु भएको थियो। पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षण अनुसार उनमा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै गण्डकी प्रदेशमा २ पुरुष र २ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार कास्की जिल्लामा २२ र ३१ बर्षिय महिला, लम्जुङ्ग जिल्लाको राइनस नगरपालिका का ४८ बर्षका पुरुष र गोरखा जिल्लाको गोरखा नगरपालिकाका ५३ बर्षिय पुरुषमा संक्रमण देखिएको छ। संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भईराखेको निर्देशनालयले जनाएको छ। यस संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १०९६ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update