यस बर्षको कक्षा ११ को परिक्षा बोर्ड पनि नहुने भएको छ । बैशाख २५ गते देखि संचालन हुने कक्षा ११ को बोर्ड परिक्षा कोरोनाका कारण रद्द गरिएको थियो। अब कक्षा ११ का बिद्यार्थीहरुको पनि सईई परिक्षा जस्तै अन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशित पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले जानकारी दिएको छ।
शुक्रबार बसेको बैठकले यस बर्षको ११ कक्षाको बोर्ड परिक्षा पनि अन्तरिक मुल्यांकनबाट नै परीक्षाफल प्रकाशित गर्ने बताइएको छ। यसका लागि परिषदले मुल्यांकन गर्ने कार्यविधि बनाउन राष्ट्रिय परिक्षा बोर्डलाई दिने निर्णय गरेको छ। यस अघि कक्षा १० मा लिइने सईई परिक्षा पनि अन्तरिक मुल्यांकन बाट नै गर्ने निर्णय गरेको थियो।
कक्षा १० र ११ को परिक्षा रद्द भएपनि १२ कक्षाको बोर्ड परिक्षा भने रद्द नहुने परिषदले बताएको छ। परिषदका अनुसार उचित समयमा परिक्षाको कार्यतालिका सार्बजनिक गरेर १२ कक्षाको बोर्ड परिक्षा भने लिईनेछ। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले चैत्र ११ गरे देखि लकडाउन गर्ने घोषणा गरेको थियो। जसका कारण सबै व्यवसायी देखि शिक्षण संस्था हरु बन्द भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय