एकै दिनमा ७ सय ४० संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो
नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको जानकारी दिए ।
एकै दिनमा यति धेरै संक्रमण फेला परेको यो पहिलो पटक हो।
शुक्रबार ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको प्रवक्ता गौतमले बताए । त्यस्तै नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उच्चरक्तचाप र पार्किन्सनका ती बिरामीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ३२ पुगेको छ । हाल ३५ हजार चार सय ७२ जना क्वारेन्टाइनमा छन् ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय