नेपालमा थप एक सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका एक सय ४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
संक्रमितहरुमा काठमाडौं उपत्यकाका ९ जना समेत रहेको छ । थपिएका सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको प्रवक्ता गौतमले बताए ।
कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय