नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने तीन जनाको मृत्यु भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका ७० सहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्य
स्तै कोरोनाका कारण काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको छ । गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने ६० वर्षीय पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष र सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । शनिबार ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८४४२ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय