शुक्रबार नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ । शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन् । त्यस्तै थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज नगरपालिकाका ७३ वर्षका पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुने व्यक्ति डायबिटिज तथा मुटुरोगको दीर्घरोगी रहेको र यसअघि नै दुइपटक मुटुमा स्ट्यान समेत राखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय