हिमाल दैनिक
लम्जुङ्गमा थप २२ जनामा कोरोनाको संक्रमण देखिएको छ। शुक्रबार पोखरा स्थति स्वास्थ्य निर्देशनालयका अनुसार लम्जुङ्गमा २ महिला र २० पुरुष गरि २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १९ महिने बालिका देखि ५८ बर्ष उमेरका रहेका छन्। निर्देशनालयका अनुसार राइनसपालिकामा ८ जना, दुधपोखरीमा १ जना बेसीसहरमा २ जना, कवोलासोथरमा १ जना दोर्दीमा ४ जना र मस्याइंदीमा ६ जना गरि २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। हाल सबै संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भईराखेको निर्देशनालयले जनाएको छ। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १२७८ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update